शुक्रबार, श्रावण २९ गते २०८३
images
images

'आफ्नो घरमा पनि घर नै टियु मैदान हो भन्छन् ? : ज्ञानेन्द्र मल्ल

एक्सप्रेस पाना
भाद्र १, २०७९ बुधबार
  • 299
    SHARES
  • 'आफ्नो घरमा पनि घर नै टियु मैदान हो भन्छन् ? : ज्ञानेन्द्र मल्ल

    भदौं १ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले त्रिवि क्रिकेट मैदान नै दोस्रो घरका रुपमा लिएको बताएका छन् । झन्डै पाँच महिनापछि नेपाली टोलीमा फर्किएका ज्ञानेन्द्र यतिले टियु क्रिकेट मैदानमा अभ्यासमा व्यस्त छन् ।

    images

    टोलीबाहिर रहँदा मैदानमा आएर प्रशिक्षण गर्न नपाएको कुरा याद आउने बताउँदै ‘टिममा नहुँदा मिस हुने कुरा ग्राउन्डमा आउने खेल्ने कुरा हो । मलाई त जिन्दगी नै यहिँ (टियु मैदान) मा बिताए जस्तो लाग्छ । मलाई त आफ्नो घरमा पनि घर नै यहाँ हो भनेर भन्छन्,’ उनले थपे, ‘कहिलेकाहीं टियुबाट कतै जाँदा पनि श्रीमतीले छोरीलाई उ त्यो बाबाको घर भनेर जिस्काउनुहुन्छ ।’

    ‘त्यसरी बिताएको जीन्दगी हो । मिस त भईहाल्छ । यो हुने कुरा नै हो । जीवनमा परिवर्तन भन्ने कुरा हुन्छ नै । त्यो कुराले अगाडि नै बढ्नुपर्ने हुन्छ’, ज्ञानेन्द्रले हाँस्दै भने ।

    images

    यस्तै उनि फेरी थप्छन् ‘राष्ट्रिय टोलीमा पुनरागमन गर्नु खुसीको कुरा हो । एउटा खेलाडीको रुपमा जहिले पनि शत प्रतिशत दिउँ र खेलौं भन्ने हुन्छ । त्यो पनि नेपाली टोलीको लागि खेल्न पाउनु कुनैपनि खेलाडीको लागि एउटा सपना हो । टिमलाई योगदान गर्नसक्छु भन्ने हिसाबले टोलीमा फेरि आउन पाएकोमा खुसी छु’ । 

    मल्ल सन् २००६ मा कुवेतविरुद्ध डेब्यू गरेपछि प्रदर्शनको कारण नेपाली टोलीबाट बाहिरिएको यो पहिलो पटक हो । ज्ञानेन्द्र आफू भने टोलीबाट बाहिर हुँदा निर्णय स्वीकार गर्नुपर्ने बताउँछन् ।

    ‘बाहिर बस्दा जुनै खेलाडीलाई गाह्रो हुन्छ, हरेका खेलाडी सधै टोलीमा रहनु पर्छ भन्ने पनि हुँदैन् त्यो स्वीकार गर्नुपर्ने कुरा हो । अब मेरो लागि म मात्र होईन । यो अवस्थाको खराब लय सबै खेलाडीले सामना गर्नुपर्छ । आफ्नो हातमा हुँदैन । आफूले आफूलाई समय दिने हो । जे गर्नुपर्ने हो त्यो निरन्तर गर्नुपर्छ । त्यसमा केन्द्रित छु’, पुनरागमनबारे उनले भने ।

    टिमको केन्या भ्रमणबाट हरेक खेलमा जित नै अपेक्षा रहेको पनि उनले बताए । टिम बाहिर रहे पनि नेपाली क्रिकेटको हरेक खेल आफुले नजिकबाट हेरिरहेको बताए ।

    अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्याको भ्रमण गर्नेछ । यस सिरिजका लागि नेपाली टोली अगस्ट २३ मा केन्या पुग्ने तालिका रहेको छ । क्यानले घरेलु टोली केन्यासँगको सिरिजको खेल तालिका समेत सार्वजनिक गरेको छ । नेपालले सुरुवातमा टि२० सिरिज खेल्नेछ ।

    भिडियो पनि हेर्नुहोस् :

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # ज्ञानेन्द्र मल्ल