भदौ २ काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका नवनियुक्त कार्यवहाक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले कर्मभूमिबाट जन्मभूमिमा आएर काम गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एन्फाले दिएको अवसरलाई सहजै स्वीकार गरेर नेपाली फुटबल टोलीलाई प्रशिक्षण गराउन आएको बताएका हुन् ।
'म काममा बढि समय दिन र जितको लागि आफ्नो सतप्रतिशत दिनको लागि नेपाल आएको हु, हिजै ११ बजे म काठमाडौं आइपुगेर हिजै एन्फामा ३, ४ वटा मिटिङ समेत बसे, भोली देखि हामी औपचारिक रुपमा आर्मीको ग्राउन्डमा बन्द प्रशिक्षण सुरु गर्नेछौं' । सो उक्त प्रशिक्षण्मा पत्रकारलाई मात्र नभई नेपाली फुटबल समर्थकलाई पनि आर्मी र एन्फाको नियम अनुसार मैदानमा आएर खेल हेरी सहयोग गरिदिनु समेत अनुरोध गरेका थिए । यस्तै उनले भनेका छन् 'आफ्नो मनपर्ने खेलाडीको खेल हेर्न मैदानमा आएर हेर्नु होला र यो खेल हेर्न प्रत्यक साताको बुधवार एक दिन मात्रै लागु हुने' समेत बताएका छन् । यद्ययपि आगामी १६ गतेपछिको बुधरवारबाट मात्रै नेपाली फ्यानको लागि मैदान आउन अनुरोध गरे ।
'हेर्दा लाग्छ दिनहरु धेरै छन् तर पछिल्लो समय नेपाली खेलाडीले कुनै प्रतियोगिा खेलेका छैनन् खेलाडीमा खेल्ने चाहना धेरै छ । त्यो चाहनालाई खेलाडीले बुझि आफ्नो ब्यस्ट दिनेमा आफू विस्वत छु', उनले भने । मैले एन्फाबाट नियुक्ती पत्र लिई सकेका बाकीँ प्रोसेसहरु हुँदैछ । अब उक्त काम पनि छिटै हुन्छ, 'म यति बेला आफ्नो जन्म भुमिको लागि कर्मभुमिको सबै काम छाडेर आएको छु, मेरो पहिलो प्राथमिकता भनेको मेरो देश हो' । मलाई एन्फाले यति धेरै महत्व दिएर बोलाएकोमा म एनफालाई हार्दिक 'धन्यवाद' पनि भन्न चाहान्छु ।
यस्तै उनले खेलाडी र प्रशिक्षकको विषय आपूलाई सबै कुराहरु जानकारी नभएको बताएका छन् 'मलाई यो खेलाडीको बिवादको कुरा त राम्रोसँग थाहा छैन् सो मैले पनि न्युजबाट हेरेको छु यो बिषयमा मैले धेरै म बोली रहनु पर्दैन । यो मेरो यात्रा हो मैले सबै खेलाडीलाई समेटेर लैजानु मेरो लागि कुनै पनि चुनौती छैन् उनले थपे म खेलको लागि २७ तारिकबाट मात्रै रंगशाल जान्छु । यो मेरो एउटा प्रयास हो मैले मेरो तर्फबाट सकेको दिनेछु' ।
बङ्गलादेशविरुद्धको खेलमा राम्रो नतिजा ल्याउने उद्देश्यका साथ काम गर्ने आफ्नो योजना छ उनले भने । प्रशिक्षक हुमागाईँ अमेरिका बस्दै छन् छ । उनी नेपालीमूलको अमेरिकी नागरिक हुन् । साथै उनी एएफसी लाइसेन्सेस प्राप्त प्रशिक्षक हुन् ।
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको स्वास्थ्यमा समस्या देखिएकाले उनको अनुपस्थितिमा एन्फाले एक खेलका लागि हुमागाईँलाई कार्यवाहक मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
आगामी असोज ११ गते घरेलु मैदान दशरथ रङ्गशालामा नेपाल र बङ्गलादेशबीच हुने मैत्रीपूर्ण एक खेलका लागि एन्फाले प्रशिक्षक हुमागाईँलाई एक साता अघि मात्रै नियुक्त गरेको हो । प्रारम्भिक चरणमा रहेका ४० खेलाडीलाई प्रशिक्षक हुमागाईँले प्रशिक्षण गराउने छन् ।
यसैगरी एन्फाका प्रवक्ता सुरेश शाहले मुख्य प्रशिक्षक अलमुताइरीको स्वास्थ्यमा समस्या देखिएकाले उहाँको अनुपस्थितिमा प्रशिक्षक हुमागाईँलाई नियुक्त गरिएको बताए । नेपाली टोलीले प्रारम्भिक चरणको गोलरक्षकमा किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की र विशाल श्रेष्ठलाई बोलाएको छ ।
यसैगरी डिफेन्डरमा अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, निशान खड्का र अमित तामाङ छन् भने मिडफिल्डरमा सन्जोग राई, पुजन उपरकोटी, राजन गुरुङ, एरिक विष्ट, सेसेहाङ आङदाम्बे, सुदीप गुरुङ, सुरजज्यु ठकुरी, सुवास गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ र अञ्जन विष्ट छनोट भएका छन् ।
त्यस्तै फरवार्डमा विमल घर्तीमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, रितिक खड्का, जर्ज प्रिन्स कार्की, आषिश चापागाईँ, अविशेष रिजाल र भरत खवास प्रारम्भिक चरणमा छनोट भएका छन् ।तस्बिर: एन्फा



