शनिबार, श्रावण ३० गते २०८३
images
images

वाइसियल नेपालको राष्ट्रिय भेला सुरु

एक्सप्रेस पाना
भाद्र ३, २०७९ शुक्रबार
  • 473
    SHARES
  • वाइसियल नेपालको राष्ट्रिय भेला सुरु

    भदौ ३ काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग नेपालले दोस्रो राष्ट्रिय भेला आजबाट राजधानी काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु भएको छ ।

    images

    ‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ सङ्गठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला सफल पारौँ’ भन्ने मूल नाराका साथ आज देखि सुरु भएको हो । भेलाको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम छ । भेलामा सहभागी हुन जिल्ला र प्रदेशबाट प्रतिनिधि हिजै काठमाडौं आइसकेका छन् । 

    दुई दिनसम्म चल्ने भेला उद्घाटन सत्र, बन्दसत्र र समापनसत्र गरी तीन सत्रमा अघि बढ्नेछ । बन्दसत्रमा विगतमा सङ्गठनका कामको सिंहावलोकन आगामी क्रान्तिकारी युवा आन्दोलनको नीति तथा कार्ययोजनामा छलफल बहस गरी युवा आन्दोलनको समग्र कार्यदिशा तय गर्ने वाइसिएलका संयोजक सुमन देवकोटाले बताए ।

    images

    भेलामा भौगोलिक तथा गैरभौगोलिक जिल्ला, प्रदेशबाट ६०० प्रतिनिधि सहभागी हुनेछन् । जसमा केन्द्रीय समितिबाट एक सय ९६, प्रत्येक जिल्लाबाट तीन÷तीन जना गरी दुई सय ५२, प्रदेश कमिटीबाट ३५, तीन वटा आयोगबाट ५२, केन्द्रीय प्रतिनिधि १६ सहभागी हुनेछन् । 

  • सम्बन्धित विषय:

  • # वाइसियल नेपाल