शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आर्सनलको सहज जित

एक्सप्रेस पाना
भाद्र ५, २०७९ आइतबार
  • 315
    SHARES
  • आर्सनलको सहज जित

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा पाहुना टोली आर्सनलले घरेलु टोली बर्नेमाउथलाई ३-० गोल अन्तरले हराउँदै लगातार तेस्रो जित निकालेको हो ।

    images

    पाहुना टोली आर्सनललाई जित दिलाउन कप्तान मार्टिन ओडेगार्डले दुई गोल गर्दा विलियम सालिबाले एक गोल थपे ।

    पहिलो हाफमा २-० गोलको अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा थप १ गोल गर्र्न सफल भयो । उक्त जित सँगै आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । तीन खेलमा तीनै खेलमा जित निकाल्दै आर्सनलले ९ अंक बनाएको छ । 

    images

  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग