शुक्रबार, श्रावण २९ गते २०८३
images
images

विश्वकपको ट्रफी सगरमाथाको आधार शिविरमा लगिने

एक्सप्रेस पाना
भाद्र ५, २०७९ आइतबार
  • 347
    SHARES
  • विश्वकपको ट्रफी सगरमाथाको आधार शिविरमा लगिने

    भदौ ५ काठमाडौं । आईसीसी पुरुष टि२० विश्वकप क्रिकेटको ट्रफी सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्याइने भएको छ । अष्ट्रेलियामा यसै वर्ष आयोजना हुने प्रतियोगिताको ट्रफी सगरमाथाको आधार शिविरमा पुर्याइने नेपाल क्रिकेट संघ (क्यान)का कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

    images

    ‘अष्ट्रेलियामा आयोजना हुने विश्वकप ट्रफी यसै महिना नेपाल आइपुग्नेछ । आईसीसीको तालिका अनुसार विश्वकप ट्रफी भदौ १४ मा नेपालमा ल्याइनेछ । त्यो समयमा ट्रफी सगरमाथाको आधार शिविरमा पुर्याइने छ,’ मल्लले भने ।

    क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याउन लागिएको हो । यसअघि २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो । ट्रफीलाई भदौ १४ गते नै प्रदर्शनीको लागि सगरमाथाको आधार शिविर पुर्याइने छ । विश्वकपको १०० दिने ट्रफी टुर जारी रहेको छ । ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शनी गरिँदैछ । विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ ।

    images

  • सम्बन्धित विषय:

  • # क्रिकेट