एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (आइतबार) तीन खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा चेल्सीले लिड्स युनाइटेडको सामना गर्दैछ । लिड्सको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ मा सुरु हुनेछ । आजको खेलमा चेल्सी घरेलु टोलीलाई हराउँदै दोस्रो जितको खोजीमा हुनेछ । चेल्सीले अघिल्ला दुई खेलमा एक बराबरी र एकमा जित निकालेको थियो । यता घरेलु टोली लिड्सको पनि नतिजा त्यही छ ।
यस्तै सोहि समयमा हुने अर्को खेलमा वेस्ट हमले ब्राइटनसँग प्रतिस्पर्धा गर्दैछ ।
आज हुने अर्को खेलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडसँग खेल्दै वेस्ट हमले ब्राइटनसँग प्रतिस्पर्धा गर्दैछ । आज हुने अर्को खेलमा म्यान्चेस्टर सिटीले न्युक्यासल युनाइटेडसँग खेल्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ९ः१५ मा सुरु हुनेछ ।
आजको खेलमा जित निकाल्दै सिटी तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा छ । सिटीले यसअघिका दुई खेलमा सहज जित निकालेको छ । यता न्युक्यासल भने दोस्रो जितको खोजीमा हुनेछ ।



