भदौ ५ काठमाडौं । तनहुँको व्यास नगरपालिका-४ स्थित शितल युवा क्लबको आयोजनामा प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ ।
आइतबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराउँदै प्रतियोगिता संयोजक राजेश मल्लले प्रतियोगिता भदौ ८ गतेदेखि सञ्चालन हुने बताएका हुन् ।
उक्त प्रतियोगिताको बिजेताले नगद दुई लाख दुई हजार २२२ र उपविजेताले एक लाख ११ हजार १११ पुरस्कार प्रदान गरिनेछ । संयोजक मल्लले बताएका छन् ।



