एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सीले लज्जस्पद हार ब्यहोरेको छ ।
आइतबार राति भएको खेलमा घरेलु टोली लिड्स युनाइटेड सँग चेल्सी ३-० गोलले पराजित भएको छ । पहिलो हाफमा २-० गोलको अग्रता बनाएको लिड्सले दोस्रो हाफमा थप १ गोल गरेको हो ।
लिड्सको जितमा ब्रेण्डन आरोनसन, रोड्रिगो मोरेनो र ज्याक ह्यारिसनले एक एक गोल गरे ।
खेलको ३३औं मिनेटमा आरोनसनले गोल गर्दै लिड्सलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै खेलको ३७औं मिनेटमा मोरेनोले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ६९औं मिनेटमा ह्यारिसनले गोल गर्दै लिड्सलाई ३-० को जित दिलाए । यस्तै कालिडोउ कोलिबालीले दोहोरो पहेलो कार्डसहिर रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै लिड्स दोस्रो स्थानमा उक्लिएको छ । लिड्सले ३ खेलमा ७ अंक जोडेको छ । यता पराजित चेल्सी ३ खेलमा ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।



