शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एम्बाप्पेको ह्याट्रिकमा पिएसजीको फराकिलो जित

एक्सप्रेस पाना
भाद्र ६, २०७९ सोमबार
  • 338
    SHARES
  • एम्बाप्पेको ह्याट्रिकमा पिएसजीको फराकिलो जित

    एजेन्सी । सुपर स्टार फरवार्ड किलियान एम्बाप्पेको ह्याट्रिकको मद्दतले पेरिस सेन्ट जर्मेनले लिग वानमा लिलमाथि ७-१ गोलको फराकिलो जित निकालेको छ । एम्बाप्पेले लियोनेल मेस्सीको पासमा खेल सुरु भएको ८ सेकेन्डमा नै गोल गरेका थिए ।

    images

    मेस्सीले खेलको २७औं मिनेटमा अग्रता दोब्बर बनाएर असरफ हाकिमीले तेस्रो गोल थपे । पहिलो हाफको अन्त्य र दोस्रो हाफको सुरुवातमा नेयमारले एक(एक गोल गरे ।

    त्यसपछि एम्बाप्पेले दुई गोल थप्दै आफ्नो ह्याट्रिक पुरा गरे । उक्त जित सँगै तीन खेलबाट ३ जितसहित पीएसजी लिगको शीर्ष स्थानमा रहेको छ । यता पराजित लिल भने लिगको १२औँ स्थानमा सीमित बनेको छ ।

    images

     

  • सम्बन्धित विषय:

  • # फुटबल