शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सिटीको रोमाञ्चक बराबरी

एक्सप्रेस पाना
भाद्र ६, २०७९ सोमबार
  • 307
    SHARES
  • सिटीको रोमाञ्चक बराबरी

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविको विजेता म्यान्चेस्टर सिटीले बराबरीमा चित्त बुझाएको छ । आइतबार राति भएको खेलमा घरेलु टोली न्युकासल युनाइटेडसँग ३-३ गोलको बराबरी खेलेको हो ।

    images

    रोमान्चक खेलमा सुरुवाती अग्रता भने पाहुना टोली सिटीले बनाएको थियो । खेलको पाँचौं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर, खेलको २८औं मिनेटमा मिगुएल अल्मिरोनले गोल गर्दै न्युकासललाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि लगातार २ गोल गरेको न्युकासलले खेलमा ३-१ गोलको अग्रता बनाएको थियो । 

    तर सिटीले खेलको ६०औं मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई ३-२ को स्थितिमा ल्याए ।

    images

    त्यसपछि खेलको ६४औं मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई ३-३ गोलको बराबरीमा ल्याए । त्यसपछि बाँकी समय थप गोल नहुँदा खेल ३-३ गोलको बराबरीमा सकियो । 

    उक्त बराबरी सँगै सिटीले ३ खेलबाट ७ अंकसहित दोस्रो स्थानमा रहेको छ । न्युकासल ५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग