एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले पहिलो जित निकालेको छ ।
सोमबार विहान भएको खेलमा बार्सिलोनाले घरेलु टोली रियल सोसिडाड माथि ४-१ गोलको फराकिलो जित निकालेको हो । पाहुना टोली बार्सिलोनाको जितमा सुपर सटार फरवार्ड रोबटो लेवान्डोस्कीले २ उसमान डेम्बेले र आन्सु फातिले समान १/१ गोल गरे । यता घरेलु टोलीका एक इसाक गरे एक गोल सान्त्वना बन्यो ।
खेलको पहिलो मिनेटमै गोल गरेका बार्सिलोनाले घरेलु टोलीमाथि पटक पटक आक्रमण गर्दै खेलमा सानदार जित निकालेको हो । पहिलो हाफमा १-१ गोलको बराबरी अबस्थामा सकिएको खेलमा दोस्रो हाफमा बार्सिलोनाले थप ३ गोल गर्न सफल भयो ।
उक्त जित सँगै जारी सिजनमा पहिलो जित निकालेको बार्सिलोनाले २ खेलबाट ४ अंक जोडेको छ । उ तालिकाको पाँचौं स्थानमा रहेको छ । यता पराजित सोसिडाडको भने समान खेलबाट ३ अंकसहित १०औं स्थानमा रहेको छ ।



