भदौ ६ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज केन्या प्रस्थान गर्दै छ । पाँच टि२० र तीन एकदिवसीय क्रिकेटका लागि
नेपाली टोली आज अपरान्ह ४ बजे केन्या प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
नेपालले केन्यासँग भदौ टि२० खेल ९ बाट १४ गते सम्म हुनेछ । ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ ।
दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ। राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रुपमा नेपाली टिम सम्हाल्नेछन् ।
सिरिजका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा टोली घोषणा गरिसकेको छ ।



