एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा सविको विजेता बायर्न म्युनिखले सानदार जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बायर्नले बोचुमलाई ७-० गोल अन्तरले पराजित गरेको हो । पाहुना टोली बायर्नलाई एकतर्फी जित दिलाउन साडियो मानेले २ गोल गरे । यस्तै लोरी साने, म्याथिस डी लिग्ट, किङ्सले कोम्यान र सेर्जी जिनाब्रीले १/१ गोल गरे । बोचुमका क्रिस्टियन गाम्बोयाले एक आत्मघाती गोल गरे ।
उक्त जित सँगै बायर्नले लगातार तेस्रो जित निकाल्न असफल भएको छ । बायर्न ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । यता पराजित बोचुम अंक विहीन रहदै पुछारमा रहेको छ ।



