शुक्रबार, श्रावण २९ गते २०८३
images
images

केन्या भ्रमणमा जाने नेपाली टोलीको विदाई

एक्सप्रेस पाना
भाद्र ६, २०७९ सोमबार
  • 284
    SHARES
  • केन्या भ्रमणमा जाने नेपाली टोलीको विदाई

    भदौ ६ काठमाडौं । नेपाली क्रिकेट टोलीलाई केन्या भ्रमणका लागि क्यानले विदाई गरेको छ ।

    images

    काठमाडौंको एक होटलमा एक कार्यक्रम गर्दै क्यानले नेपाली टोलीको विदाई गरेको हो ।

    नेपाली टोलीलाई क्यानका अध्यक्ष चतुर बहादुर चन्द, क्यानका कोषाध्यक्ष रोशन सिंह, क्यानका सदस्य दुर्गाराज पाठक लगायतले विदाई गरेका हुन् । 

    images

    केन्या भ्रमणमा नेपालले पाँच टि२० आई र तीन एकदिवशीय खेल खेल्नेछ । सन्दीप लामिछानेको कप्तानीमा १६ खेलाडीसहित २१ जनाको टोलि केन्या जाने छ ।

    विदाई कार्यक्रमा अध्यक्ष चन्दले नेपाली टोली टि२० विश्वकपको छनोटमा महत्वपुर्ण खेलमा युएईसँग पराजित भएसँगै छनोट हुन नसकेको स्मरण गरेका छन् । लिग २ का पछिल्ला दुई सिरिजमा नेपालले विर्सनलायक प्रदर्शन गरेको छ । त्यस्तै केन्या वरियतामा नेपालभन्दा तल भएता पनि नेपालको अभ्यासका लागि खेल्न तयार भएको पनि बताएका छन् । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट