शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नयाँ प्रशिक्षकसँगै नेपाली क्रिकेटमा नयाँपन आउने विश्वास

एक्सप्रेस पाना
भाद्र ६, २०७९ सोमबार
  • 371
    SHARES
  • नयाँ प्रशिक्षकसँगै नेपाली क्रिकेटमा नयाँपन आउने विश्वास

    भदौ ६ काठमाडौं । पछिल्लो समय नेपाली क्रिकेट खेलको स्तरोन्नति हुन करिब एक वर्षको समयावधि लाग्ने विश्वास गरिएको छ । नेपाल क्रिकेट सङ्घ क्यानद्वारा केही साताअघि मात्र राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेका मनोज प्रभाकरको आगमनसँगै नेपाली क्रिकेट टोलीमा नयाँपन आउने विश्वास गरिएको हो । 

    images

    पूर्वप्रशिक्षक पुबुदु दासानायकेले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएपछि क्यानले पूर्वभारतीय अलराउन्डर प्रभाकरलाई नेपाली टोलीको जिम्मेराी दिएको हो ।

    नयाँ जिम्मेवारीसँगै मुख्य प्रशिक्षक प्रभाकरले करिब एक वर्षको समयावधिमा नेपाली क्रिकेट खेलमा नयाँपन आउने विश्वास व्यक्त गरे । करिब एक हप्ता प्रशिक्षण गराउँदाको अनुभवमा नेपाली खेलाडीमा देखिएको जोस जाँगरले भरिपूर्ण रहेको उनको भनाइ छ । 

    images

    “नयाँ जोस जाँगरले भरिएको नेपाली खेलाडीमा चाँडै सिक्ने क्षमता छ, यसैले पनि करिब एक वर्षभित्र नेपाली खेलाडीले राम्रो खेल प्रर्दशन गर्नेछन्”, मुख्य प्रशिक्षक प्रभाकरले भने । 

    प्रभाकरले जिम्मेवारी सम्हालेसँगै नेपाली क्रिकेट टोलीले केन्यामा पाँच टि२० र तीन एक दिवसीय खेल खेल्दै छ । मुख्य प्रशिक्षक प्रभाकरले पनि यही खेलबाट नै आफनो जिम्मेवारीको थालनी गर्नेछन् । 

    उनले केन्या भ्रमणका लागि नेपाली खेलाडी तयार रहेको भन्दै यस खेलबाट आफूले पनि नेपाली टोलीलाई वास्तविकरूपमा चिन्न सहज हुने बताए । उनले यस खेलबाट उत्कृष्ट प्लेइङ ११ उतार्दै प्रदर्शन गर्ने इच्छा रहेको समेत बताए ।
     
    “नेपाली टोलीका कप्तान सन्दीप लामिछानेमा राम्रो क्षमता छ । युवा टोलीका लागि यो राम्रो सङ्केत हो । आशा छ केन्या भ्रमणमा राम्रो प्रदर्शन हुनेछ”, मुख्य प्रशिक्षक प्रभाकरले भने । 

    सन् १९९० को दशकमा निकै चर्चित क्रिकेटर हुनु प्रभाकर । उनले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । प्रभाकर भारतीय अलराउन्डरका साथै रणजी ट्रफी विजेताका प्रशिक्षकसमेत रहनुभएको हुन्। 

    विगतमा उनले अफगानिस्तानको बलिङ प्रशिक्षकका रूपमा समेत काम गरेको राम्रो अनुभव छ । यसैगरी आफ्नै प्रशिक्षणमा उनेले दिल्ली, राजस्थान र युपी क्रिकेट एसोसियनलाई रणजी ट्रफी जिताएका थियो । 

    नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने सबैभन्दा कमजोर पक्ष ब्याटिङ नै हो । अन्तर्राष्ट्रिय खेलको नतिजालाई हेर्ने हो भने पनि नेपालको ब्याटिङ निकै खस्केको देखिन्छ । प्राय प्रतियोगितामा नेपाल पराजित भएको नतिजा हेर्दा ब्याटिङमा नै दोष देखिन्छ । अब उनको जिम्मेवारी भनेको ब्याटिङमा सुधार पनि हो । उनले नेपाली ब्याटरमा टेक्निकको कमी देखिएको र यसलाई सुधार्दै लैजाने यस अघि नै बताएका छन् ।
     
    मुख्य प्रशिक्षक प्रभाकरले नेपाली क्रिकेट टोलीको एकदिवसीय मान्यातालाई पनि निरन्तरता दिन आवश्यक छ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय शृङखला खेल्दै आएको छ । नेपालले हालसम्म खेलेको २० खेलमा आठ खेलमा जित तथा ११ खेलमा हार बेहोरेको छ । विश्वकप लिग–२ मा नेपाल १७ अङ्क जोड्दै अङ्क तालिकाको छैटौँ स्थानमा छ । 

    अब नेपालले १६ खेल खेल्न बाँकी छ । नेपालले एक दिवसीय मान्यतालाई कायमै राख्न पनि कम्तिमा १० खेल जित्न आवश्यक छ र त्यसको जिम्मेवारी पनि मुख्य प्रशिक्षक प्रभाकरकै काँधमा छ । 

    राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले मुख्य प्रशिक्षक प्रभाकरको आगमनसँगै नेपाली टोलीमा थप ऊर्जा थपिएको बताए । उनले नयाँ प्रशिक्षकको प्रशिक्षणमा खेल्न सबै खेलाडी आतुर रहेको समेत बताएका छन् । लामिछानेले केन्या भ्रमणमा अपेक्षा गरेअनुसार नतिजा ल्याउने विश्वास समेत व्यक्त गरे ।

    नेपालले केन्यासँग पाँच टि२० अन्तर्राष्ट्रिय र तीन एकदिवसीय खेल सम्मिलित शृङ्खला खेल्दैछ । नेपालले सुरुवातमा पाँच टि२० खेल खेल्नेछ भने त्यसपछि तीन एक दिवसीय खेल खेल्नेछ । नेपालले पहिलो टि२० खेल यही भदौ ९ गते खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । 

    यसैगरी दोस्रो खेल भदौ १० गते खेल्नेछ भने तेस्रो खेल भदौ १२ गते खेल्नेछ । चौथो खेल भदौ १३ र अन्तिम खेल भदौ १४ गते खेल्नेछ । यस्तै तीन एकदिवसीय खेलमा नेपालले पहिलो खेल भदौ १७ गते खेल्नेछ भने दोस्रो खेल भदौ १८ गते तथा तेस्रो तथा सिरिजको अन्तिम खेल भदौ २० गते खेल्नेछ । 

    यस खेलले नेपालको टि२० वरियतामा पनि ठूलै प्रभाव पार्नेछ । नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले केन्याविरुद्धको खेलमा जित हात पार्दा धेरै अङ्क नपाए पनि वरियता सुधार्न सहयोग पुग्ने बताए ।
     
    उनले विश्वकप लिग-२ को पछिल्लो दुई शृङ्खला सम्झन लायक नरहेको भन्दै सन् ‘२०२४ को टि२० विश्वकपमा छनोट हुने सम्भावना रहेको बताए । केन्यासँगको खेलपछि एक स्तरमाथि जान सक्ने आशा गरिएको समेत अध्यक्ष चन्दले बताए । 

    अध्यक्ष चन्दले टि२० विश्वकपका लागि अहिले देखिनै तयारी गर्नु आवश्यक रहेको र बर्सातको समयमा नेपालमा खेल खेलाउन गा¥हो भएकाले पनि नेपाली टोलीलाई केन्या पठाउन लागिएको बताएका छन् । नवनियुक्त प्रशिक्षक प्रभाकर आफनो समयमा चर्चित खेलाडी भएको बताउँदै उनेले नेपाली टोलीलाई मेहनत गरेर माथिल्लो स्तरमा पु¥याउने विश्वास व्यक्त गरे । 

    राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान रोहित पौडेलले नयाँ प्रशिक्षक प्रभाकर राम्रो भएको प्रतिक्रिया दिँदै मुख्य प्रशिक्षक प्रभाकरको प्रशिक्षणमा आधारभूत कुरामा केन्द्रित हुन पाएको र एकदिवसीय खेलमा यसको महत्व धेरै हुने बताए ।

    नेपाली टोलीमा कप्तान लामिछानेसँगै उपकप्तान पौडेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद, पवन सरार्फ, साहब आलम, किशोर महतो र विवेक यादव छने । 

    यसैगरी वैकल्पिकतर्फ जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जिसी र हरि शंकर शाह हुनुहुन्छ । यी खेलाडीले आज केन्या भ्रमण गर्दैछन । 

    May be an image of 8 people and people standing

  • सम्बन्धित विषय:

  • # क्रिकेट