शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कार्यकर्तालाई उच्च मनोबल बनाएर काम गर्न अध्यक्ष थापाको निर्देशन

एक्सप्रेस पाना
भाद्र ६, २०७९ सोमबार
  • 342
    SHARES
  • कार्यकर्तालाई उच्च मनोबल बनाएर काम गर्न अध्यक्ष थापाको निर्देशन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल का केन्द्रीय अध्यक्ष कमल थापाले कार्यकर्तालाई उच्च मनोबल बनाएर काम गर्न निर्देशन दिनुभएको छ । राप्रपा नेपालको बिर्तामोडमा आज आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा उहाँले अनेकौँ प्रतिकूलता र असहजताका बीच पार्टी गुज्रिरहेको र सबै अफ्ठ्यारालाई चिर्दै आफ्नो पार्टी अघि बढ्ने बताउनुभयो । उहाँले अहिले राप्रपा नेपाल प्रसव वेदनाको अवस्थाबाट गुज्रिरहेको छ  । 

    images

    पार्टीका केन्द्रीय उपाध्यक्ष लाक्पा तामाङ, महामन्त्री तथा प्रशिक्षण विभाग प्रमुख सुशील श्रेष्ठ, महामन्त्री तथा सङ्गठन विभाग प्रमुख राजाराम बड्तौला, प्रवक्ता वसन्तमान सिंह अधिकारी, १ नम्बर प्रदेश अध्यक्ष वासुदेव भट्टराई, सहमहामन्त्री तेज कुरुङवाङ, सहायक महामन्त्री देवीरमण भट्टराई, सहायक महामन्त्री ममता राई, केन्द्रीय सदस्य देवी दङ्गाल, जिल्ला उपाध्यक्ष नारायण राजवंशीलगायतले चुनौतीको सामना गरेर अघि बढ्न कार्यकर्तालाई आह्वान गर्नुभयो । 

  • सम्बन्धित विषय:

  • # कमल थापा