शुक्रबार, श्रावण २९ गते २०८३
images
images

जिम्बावेसँगको एकदिवसीय शृङ्खलामा भारतको 'क्लिन स्वीप'

एक्सप्रेस पाना
भाद्र ७, २०७९ मंगलबार
  • 344
    SHARES
  • जिम्बावेसँगको एकदिवसीय शृङ्खलामा भारतको 'क्लिन स्वीप'

    जिम्बावेसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलामा पाहुना टोली भारतले 'क्लिन स्वीप' गरेको छ । गएराति भएको तेस्रो एकदिवसीय खेलमा भारतले जिम्बावेलाई १३ रनले हरायो ।

    images

    जितका लागि २९० रनको लक्ष्य पछ्याएको जिम्बावे ४९ ओभर ३ बलमा २७६ रनमा अल आउट भयो । जिम्बावेका सिकन्दर राजाले ११५ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । उनको एकदिवसीय क्रिकेटमा पाँचौँ शतक हो । भारतका आवेश खानले ३ विकेट लिए ।

    दीपक चाहर, अक्षर पटेल र कुलदीप यादवले २/२ विकेट लिए । त्यसअघि हरारेमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले शुभमन गिलको शतकमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८९ रन बनाएको थियो । गिलले सर्वाधिक १ सय ३० रनको शतकीय पारी खेले ।

    images

    सिनियर टोलीबाट गिलको यो पहिलो शतक हो । जिम्बावेका ब्राड इभान्सले ५ विकेट लिए । भारत पहिलो खेलमा १० विकेट र दोस्रो खेलमा ५ विकेटले विजयी भएको थियो ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट