शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बैतडीमा क्रिकेट छनोटको मिति परिवर्तन

एक्सप्रेस पाना
भाद्र ७, २०७९ मंगलबार
  • 319
    SHARES
  • बैतडीमा क्रिकेट छनोटको मिति परिवर्तन

    नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा जिल्लास्तरीय क्रिकेट छनोट प्रतियोगिताको मिति परिवर्तन गरिएको छ ।  यसअघि भदौ १४ र १५ गते हुने भनिएको छनोट प्रतियोगिताको मिति परिवर्तन गर्दै भदौ १० गते राखिएको हो । नेपाल क्रिकेट सङ्घले आयोजना गर्न लागेको नेपाल टी ट्वान्टी लिग र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति एकै समयमा पर्न गएपछि नयाँ मिति तय गरिएको हो ।  

    images

    यसअघि असोजमा हुने तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता मिति परिवर्तन गरेर भदौ २२ गतेदेखि गर्ने निर्णय भएसँगै जिल्लास्तरीय छनोट पनि अघि गर्न लागिएको जनाइएको छ ।  

    जिल्लास्तरीय पुरुष र महिला क्रिकेट छनोट प्रतियोगिता भदौ १० गते देहिमाडौँ खेलमैदानमा सञ्चालन हुने बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिनुभयो ।  

    images

    यसअघि भदौ १४ गते देहिमाडौँ खेलमैदानमा पुरुष क्रिकेट र भदौ १५ गते सोही मैदानमा महिला क्रिकेट छनोट प्रतियोगिता सञ्चालन गर्ने मिति तय भएकामा परिवर्तन गरिएको हो ।   

    बैतडी जिल्ला खेलकुद विकास समितिका प्रमुख तर्कराज जोशीका अनुसार अन्य छनोट प्रतियोगिता भने साबिककै मितिअनुसार हुनेछन् । 

    यही भदौ १० गते पहिलो दिन टेबल टेनिस (महिला÷पुरुष), बुद्धिचाल भारत्तोलन पुरुष, कराते, तेक्वान्दो (महिला÷पुरुष), छनोट सदरमुकाममा हुनेछ । भदौ ११ गते सदरमुकाममै ब्याडमिन्टन (महिला÷पुरुष), उसु फुल कन्ट्याक्ट कराते (महिला÷पुरुष), मेलौली खेल मैदानमा भलिबल (महिला÷पुरुष) छनोट भदौ १२ गते हुने जनाइएको छ । 

    यस्तै भदौ १३ गते पाटन खेल मैदानमा कबड्डी (महिला÷पुरुष), एथलेटिक्स (महिला÷पुरुष), फुटबल, बक्सिङ ( पुरुष) छनोट प्रतियोगिता सञ्चालन हुने बैतडी जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।  

    दर्ता फारम नभरेका खेलाडीलाई छनोटमा सहभागी नगराइने र छनोट प्रतियोगितामा सहभागी नभएका खेलाडीलाई छनोट नगरिनेसमेत सूचनामार्फत जनाइएको छ । छनोट प्रतियोगितामा सहभागी हुनका लागि यहाँका तीन सय २९ खेलाडीले आवेदन भरेका छन् ।  

    जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन पाउनेछन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुरुष क्रिकेटबाहेक आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने तय भएको छ ।

  • सम्बन्धित विषय:

  • # नवौँ राष्ट्रिय खेलकुद