शुक्रबार, श्रावण २९ गते २०८३
images
images

साफ च्याम्पियनसीपको लागि भुटानको टोली नेपाल आइपुग्यो

एक्सप्रेस पाना
भाद्र ९, २०७९ बिहीबार
  • 365
    SHARES
  • साफ च्याम्पियनसीपको लागि भुटानको टोली नेपाल आइपुग्यो

    भदौ ९ काठमाडौं । नेपालमा आयोजना हुने महिला साफ फुटबल च्याम्पियनसीपमा सहभागी हुन आज भुटानको राष्ट्रिय महिला फुटबल टोली नेपाल आइपुगेको छ ।

    images

    यही भदौ २१ देखि असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने उक्त च्याम्पियनसीपमा सहभागिता जनाउनका लागि भुटानको टोली नेपाल आइपुगेको हो । साफ च्याम्पियनसीपमा सभागिता जनाउन आउने भुटान पहिलो टोली हो ।

    भुटानी टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थियो । च्यापियनसीपमा भुटान समूह ‘बी’ मा रहेको छ । भुटानको समूहमा श्रीलङ्का र नेपाल रहेका छन् ।

    images

    उक्त प्रतियोगितामा नेपालसहित सात टोलीले प्रतिस्पर्धा गर्ने खेलतालिका रहेको छ तर केही समयअघि मात्र फिफाले अखिल भारत फुटबल महासङ्घलाई निलम्बन गरसँगै प्रतियोगितामा भारतले सहभागिता जनाउँछ जनाउँदैन भन्ने निश्चित छैन ।

  • सम्बन्धित विषय:

  • # साफ महिला च्याम्पियनसिप