भदौ ९ काठमाडौं । नेपाली खेलकुदको गौरव पूर्ण आयोजनाको रुपमा सञ्चालन हुँदै आएको वृहत् खेलकुद अन्तर्गत नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन अब ५० दिन मात्रै बाँकी रहेको छ ।
प्रतियोगिता सफल बनाउन राखेपले विभिन्न उपसमिति मार्फत तयारी गरिरहेको अवस्थामा हालसम्म भएका कार्यहरुको विवरण सार्वजनिक गरेको छ ।
बिहिवार राखेपको मुख्या लयमा आयोजित पत्रकार सम्मेलनमा हालसम्म भएका कार्य र बाँकी तयारीका लागि परिषदले तिव्ररुपमा काम गरिरहेको जनाएको छ । कार्यक्रम बोल्दै राखेपका सदस्य सचिव टंक घिर्सिङले भने "राष्ट्रिय खेलकुद तोकिएकै समयमा सम्पन्न हुन्छ जसको लागि तयारी तिव्र रुपमा अघि बढेको छ हामी विभिन्न समिति बनाएर गण्डकी प्रदेशको पोखरा टोली पठाएका छौं जसमा उक्त टोलीहरुले सबै कुराको अनुगमन र तयारीको बारेमा रिपोर्टिङ गर्नुभएको छ र सबै टोलीहरु आउने क्रम जारी छ, हामी त्यो सबै विषयको बारेमा आगामी १५ भदौ भित्र जानकारी दिनेछौं उनले भने" ।
यस्ता छन् सम्पन्न गर्न कार्यहरु
- ३६ वटा खेलका खेलाडी कोटा र खेल ईभेन्ट्स स्वीकृत
- खेलाडी संख्या प्रत्येक टिमबाट : महिला ३३५ पुरुष ३७४, जना (जम्मा खेलाडी संख्या ७०९ जना
- टिम ११ वटा : सबै टिमबाट जम्मा ७७९९ जना, (महिला ३६८५ र पुरुष ४११४)
- पदक संख्या स्वर्ण ३९३, रजत ३९३ र कास्य ६००
- ६० (साठी करोडको बजेट सुनिश्चित, पहिलो किस्ता बापत १० करोड निकासा
- लोगो, मस्कट, नारा छनौट भई स्विकृत भएको
- नवौं राष्ट्रिय खेलकुदको आयोजना तथा सञ्चालन सम्बन्धमा नवौं राष्ट्रिय खेल कार्यकारी समितिका संयोजक, गण्डकी प्रदेशका मुख्य मन्त्री, पोखरा महानगरपालिकाका मेयरफ गण्डकी प्रदेश प्रहरी प्रमुख डि.आई.जी. सहितको बृहत बैठक सम्पन्न
- बैठकमा प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषदबाट गरिएको अपेक्षाकृत सूचीमा सकारात्मक छलफल भई कार्यन्वयका लागि प्रतिबद्धता व्यक्त भयो । साथै नवौं राष्ट्रिय खेलकुद - २०७९ लाई भव्यरुपमा सफल पार्न पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर भएको
- कार्यकारी समितिको सचिवालय स्थापना, काठमाडौं र पोखरामा
- १३ वटा विषयगत उपसमितिका संयोजक र सचिवको मनोनयन भईसकेको । उपसमितिको वार्यविधि र बजेट कार्यकारी समितिमा पेश भई सकेको ।
- विषयगत उपसमितिको T.O.R स्वीकृत
- उपसमितिहरुको कार्यविधि तथा कार्यतालिका बनाई काम प्रारंभ गरिएको
- खेल सामाग्री लगायत खरिदका लागि लागत अनुमान कमिटि गठन भई कार्य सुरु भएको छ ।
- प्रचार प्रसारको काम सुरु भएको,
- राष्ट्रिय खेलकुद परिषदको एप तथा web मार्फत नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचार प्रसार तथा सूचना प्रवाह गर्ने व्यवस्था मिलाउने गरि काम अघि बढेको
निर्माण प्रक्रियामा रहेकाे
- खेल तालिका निर्माण हुँदै
- खेल सामाग्री, खेल पोशाक, किडस व्याग खरिदका लागि अनलाईन टेण्डर सूचना गरिसकिएको
-राष्ट्रिय ट्रफी, विजेता ट्रफी र मेडलको नमूना संकलन कार्य भइ खरिद प्रक्रिया अगाडि बढिसकेको ।
- उद्घाटन तथा समापन समारोहका लागि उपसमितिबाट खरिद प्रक्रिय
- भदौ २४ गते देखि पोखरा रंगशालामा मास पीटीको अभ्यास सुरु हुने
- नवौं राष्ट्रिय खेलकुद - २०७९ मा समावेश खेलका खेलस्थलहरुको खेलस्थल व्यवस्थापन उपसमितिबाट प्रारम्भिक अध्ययन गरि खेलस्थलको नामावली पेश भइरहेको
- खेल स्थल निर्धारणका लागि सम्वन्धित खेल संघका पदाधिकारी र प्रविधिक टोलीबाट निरिक्षण हुने क्रम जारी । १५ भदौ सम्म खेल स्थालको टुंगो लागि सक्ने छ ।
- खेलाडी तथा अफीसियलको बसोवासका लागि पोखरामा होटलको संख्या यकिन गरि व्यवस्थापनको काम भईरहेको ।
- प्रतियोगिता अवधिमा आवश्यक पर्ने सवारी साधनको संख्या एकिन, दररेट निर्धारण गरि बोलपत्र आव्हान भएको
- खेल स्थलहरुमा स्वास्थ्य सेवाका लागि सम्बन्धित पालिकाहरु संगको समन्वय गरिको
- सबै उपसमितिले तिब्रगतिमा काम सुरु गरेका
- सबै उपसमितिहरुले असोजको १५ गते भित्र सम्पूर्ण तयारी पुरा भईरहेको ।



