शुक्रबार, श्रावण २९ गते २०८३
images
images

नेपालले केन्यालाई ५ विकेटले हरायो

एक्सप्रेस पाना
भाद्र ९, २०७९ बिहीबार
  • 575
    SHARES
  • नेपालले केन्यालाई ५ विकेटले हरायो

    भदौ ९ काठमाडौं । घरेलु टोली केन्याविरुद्धको पहिलो टि२० क्रिकेटमा नेपालले सहज जित निकालेको छ ।

    images

    नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको हो । घरेलु टोली केन्याले दिएको १ सय ३१ रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर १ सय ३३ रन जोड्दै पूरा गर्यो ।

    नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रन बनाए । यस्तै आरिफ शेखले अविजित २४ रन जोडे । ज्ञानेन्द्र मल्लले २३ रन जोड्दा आसिफ शेखले १९ रन बनाए भने रोहित पौडेल १३ रनमा आउट हुँदा पवन सर्राफ १ रनमा आउट भए ।

    images

    केन्याका लुकास ओलुओच र भिराज पटेलले २/२ विकेट लिए । नेहिमिहाले १ विकेट लिए ।

    यस अघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । केन्याका लागि इरफान करिमले सर्वाधिक ३४ रन बनाए । लुकास ओलुओचले अविजित ३० रन जोडे ।

    नेपालका सोमपाल कामीले ३ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । आदील अन्सारी र दीपेन्द्र सिंह ऐरीले १र१ विकेट लिए ।

    उक्त जितसँगै पाँच खेलको सिरिजमा नेपालले १(० को अग्रता बनाएको छ ।

    यस्तै नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाललाई आफ्नो पहिलो खेलमै जित दिलाएका छन् । अब नेपालले भोलि शुक्रबार दोस्रो टि२० खेल खेल्नेछ ।  

  • सम्बन्धित विषय:

  • # क्रिकेट