शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बेन्जमालाई युइएफए 'प्लेयर अफ द इयर'को उपाधि

एक्सप्रेस पाना
भाद्र १०, २०७९ शुक्रबार
  • 317
    SHARES
  • बेन्जमालाई युइएफए 'प्लेयर अफ द इयर'को उपाधि

    एजेन्सी । रियल मड्रिडका फ्रेन्च फरवार्ड करिम बेन्जमाले यस बर्षको युइएफए प्लेयर अफ द इयरको उपाधि जितेका छन् ।

    images

    गत सिजनमा रियल मड्रिडलाई ला लिगा र च्याम्पियन्स लिगको उपाधि जिताएका बेन्जमाले युइएफएको बर्षको उत्कृष्ट खेलाडीको उपाधि जितेका हुन् ।

    बेन्जमाले गत सिजनको च्याम्पियन्स लिगमा १२ खेलमा १५ गोल गरेका थिए भने एक गोल असिस्ट गरेका थिए । साथै बेन्जमाले गत सिजनको ला लिगामा ३२ खेल खेल्दै २७ गोल गरेका थिए भने १२ गोल असिस्ट गरेका थिए । 

    images

    बेन्जमाले रियल मड्रिडकै गोलकिपर थिबाउट कोउर्टोइस र म्यानचेस्टर सिटीका केभिन डी ब्रुनेलाई पछि पारेर यो अवार्ड जितेका छन् ।  

    यो अवार्ड गतबर्ष चेल्सीका जोर्जिन्होले जितेका थिए । युइएफए प्लेयर अफ द इयर अवार्ड सबैभन्दा बढी क्रिस्टियानो रोनाल्डोले ३ पटक जितेका छन् भने लियोनेल मेसीले २ पटक जितेका छन् । 

  • सम्बन्धित विषय:

  • # फुटबल