एजेन्सी । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको समुह चरणको ड्र भएको छ । च्याम्पियन्स लिगमा छनौट भएका ३२ टिमलाई ८ समुहमा बिभाजन गरिएको छ ।
समुह चरणका खेलहरु सेप्टेम्बर ६/७ देखि शुरु हुदै छ । समुह चरणका ६-६ खेलपछि समुहको पहिलो र दोस्रो हुने क्लब राउण्ड १६ मा पुग्ने छन् भने हरेक समुहका तेस्रो हुने क्लब युरोपा लिगमा खेल्ने छन् । राउण्ड १६ को ड्र नोभेम्बर ७ मा हुने युइएफएले जनाएको छ । यस सिजनको च्याम्पियन्स लिगको फाइनल जुन १०, २०२३ मा टर्कीको इस्तानबुलमा हुने छ ।
समुह ए : अयाक्स, लिभरपुल, नापोली, रेन्जर्स
समुह बी : पोर्टो, एटलेटिको म्याड्रिड, लिभरकुसन, क्लब ब्रुगे
समुह सी : बायर्न म्युनिख, बार्सिलोना, इन्टर मिलान, भिक्टोरिया प्ल्जेन
समुह डी : फ्रान्क फर्ट, टोटनह्याम, स्पोर्टिंग सिपि, मार्सेली
समुह इ : एसी मिलान, चेल्सी, साल्जबर्ग, डाइनामो जाग्रेब
समुह एफ : रियल म्याड्रिड,लेइपजिंग, शख्तर डोनेटस्क, सेल्टिक
समुह जी : म्यानचेस्टर सिटी, सेभिया, बोरुसिया डोर्टमण्ड, कोपनहेगन
समुह एच :पिएसजी, युभेन्टस, बेनिफिका, मकाबी हाइफा



