एजेन्सी । रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले युइएफए कोच अफ द इयरको उपाधि जितेका छन् ।
गत सिजनमा रियल मड्रिडलाई ला लिगा र च्याम्पियन्स लिग जिताएका एन्सेलोट्टीले युइएफएको बर्षको उत्कृष्ट प्रशिक्षकको उपाधि जितेका हुन् ।
उनले म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गोआर्डिओला र लिभरपुलका प्रशिक्षक जोर्गन क्लोपलाई पछि पारेर यो उपाधि जितेका हुन् ।



