भदौ १० काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको निम्तो स्वीकार्दै प्रचण्ड आज धरानको सर्दु जलाधार क्षेत्रमा साम्पाङसँगै वृक्षरोपण कार्यक्रममा सहभागी हुने भएका छन् । उक्त कार्यक्रम दिउँसो १ बजेका लागि तय भएको बताइएको छ ।
दुई साता अघि मात्रै काठमाडौं आएका बेला उनले दलका शीर्ष नेताहरूदेखि मन्त्रीहरुलाई पनि श्रमदानको लागि निम्तो दिएका थिए । खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि उनले श्रमदानको लागि निम्तो दिएका थिए । मेयर हर्क साम्पाङ श्रमदानका कारण देशभर चर्चित छन् ।


