शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बालेनको टोली ‘स्ट्यान्डबाई’, आज यी स्थानमा चचल्दैछ डोजर !

एक्सप्रेस पाना
भाद्र १०, २०७९ शुक्रबार
  • 372
    SHARES
  • बालेनको टोली ‘स्ट्यान्डबाई’, आज यी स्थानमा चचल्दैछ डोजर !

    काठमाडौं महानगरपालिकाले नक्साविपरीत निर्माण भएका भौतिक संचरना हटाउने कार्यलाई आज पनि निरन्तरता दिने भएको छ । महानगरले केही दिनयता सडक क्षेत्र अतिक्रमण गरेर निर्माण भएका तथा नक्साविपरीत निर्माण भएका संरचना हटाउने कार्य गर्दै आएको छ । 

    images

    पछिल्लो दुई दिन राजधानीका विभिन्न स्थानमा डोजर चलाएर अवैध संरचना भत्काइएकामा शुक्रबार पनि यो कार्यलाई निरन्तरता दिइने महानगरपालिकाले जनाएको छ ।  त्यसका लागि मेयर बालेनको टीम डोजरसहित ‘स्ट्यान्डबाई’ रहेको छ। 

    आज काठमाडौंको शंखमुल बेसमेन्टमा सञ्चालित बर्गर हाउस, दरबारमार्गस्थित लण्डन पपको अन्डरग्राउण्ड, कोटेश्वर प्रहरी चौकीबाट उत्तरतर्फ जाने बाटोमा बनाइएको कोटेश्वर ट्रष्ट कार्यालयको संरचना र नबिल बैंकको न्यूरोड शाखाको संरचना भत्काउने तयारी काठमाडौं महानगरले गरेको छ । यसका लागि डाेजरसहित कर्मचारीहरूलाई तम्तयार रहन निर्देशन दिइएकाे छ । 

    images

    काठमाडौं महानगरपालिकाले मंगलबारदेखि नक्सा पासविपरीत निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि सोहीअनुसार प्रयोग नगरिएका संरचाना हटाउन थालेको छ । नक्सापास नगरी निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि सोहीअनुरुप प्रयोग नगरिएका संरचना अवैध रहेको भन्दै भत्काउन थालिएको हो । 

    उक्त अभियानअन्तर्गत हालसम्म बानेश्वरस्थित बानेश्वर कम्प्लेक्सका अवैध संरचना, काठमाडौं मलका अवैध संरचना, आरबी कम्प्लेक्सका १४ साना पसल र बानेश्वरस्थित अल्फाबिटामा निर्माण गरिएको अवैध संरचना भत्काइएको छ ।

    नक्साअनुरुप निर्माण नभएका, निर्माण भए पनि सोहीअनुसार प्रयोग नभएका र सार्वजनिक जग्गा मिचेर निर्माण भएका संरचना अवैध ठहर गर्दै काठमाडाैं महानगरले भत्काउन थालेको हो । हाल बेसमेन्ट र भूमिगत पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ भवन रहेको महानगरले जनाएकाे छ । 

    संरचना निर्माणका सम्बन्धमा पहिला कागजपत्र देखाउन सम्बन्धित व्यक्तिलाई आग्रह गर्ने र कागजातअनुरुप गलत प्रमाणित भए थप कानुनी प्रक्रिया अपनाइने छ । अवैध संरचना घरधनीलाई नै भत्काउन वा निर्माण गरिएअनुसार प्रयोग गर्न लगाउने भन्दै महानगरले ३५ दिने सूचना जारी गरेको थियो । सार्वजनिक सूचनाको बेवास्ता गरेपछि अवैध संरचना हटाउन थालिएको हो ।

  • सम्बन्धित विषय:

  • # बालेन