नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड धरानका मेयर हर्क साङ्पाङ राई, उपमेयर अइन्द्र बिक्रम बेघाको निम्तो, धरान उपमहानगरको आयोजना र वरिष्ठ कलाकार जेवी टुहुरेको स्मृतिमा वृक्षारोपण गर्नुभएको छ ।
वृक्षारोपण गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, `सिङ्गै देशले हर्कजीको कामलाई बडो गम्भीरतापूर्वक हेरेको छ । म के भन्न चाहन्छु भने हामी कम्युनिष्टहरुले र अझ खासगरी माओवादीले गर्नुपर्ने काम उहाँले गरिराख्नु भएको छ। म पार्टीका साथीहरु र देशका सबै श्रमजीवी जनतालाई पनि हर्कको व्यवहारबाट, उहाँको आचरणबाट प्रेरणा लिन म अनुरोध गर्न चाहन्छु ।'
मैले आज यो वृक्षारोपण गर्दै गर्दा नेपालका एक जना प्रगतिशील गीतकार, असाध्यै लोकप्रिय गायक जेबी टुहुरेलाई सम्झेको छु। आज जेबी टुहुरेको स्मृति दिवसको दिन पनि हो । र मेरो यो वृक्षारोपण उहाँकै लागि समर्पित भएको म घोषणा गर्न चाहन्छु ।´



