भदौ १० काठमाडौं । आसन्न नवौ राष्ट्रिय खेलकुद २०७९ मा बागमती प्रदेशबाट फुट कोटामा कुल ७०९ जना खेलाडीले सहभागिता जनाउने भएका छन् । यस्तै उक्त खेलाडी मध्य ९ खेलमा स्वर्णपदक विजेता खेलाडीलाई मासिक ६ हजारका दरले प्रोत्साहन भत्ता दिने भएको छ ।
शुक्रबार राजधानिमा एक कार्यक्रमको आयोजना गरी बागमती प्रदेश खेलकुद विकास परिषदले हालसम्मको तयारी तथा गतिविधिहरूको जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा बोल्दै बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालले उक्त कुराको जनाकारी गराउनु भएको हो । यस्तै फुटबल, क्रिकेट, भलिबल, एथलेटिक्स, बक्सिङ, कराते, तेक्वादाे, ब्याडमिन्टन र पाैडी खेलमा स्वर्णपदक विजेता खेलाडीलाई मासिक ६ हजारका दरले प्रोत्साहन भत्ता दिने बताएका छन् । साथै उक्त भत्ता दशौं राष्ट्रिय खेलकुद आयोजना नहुँन्जेल सम्मको लागि हुने बताए ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने नवौं राष्ट्रिय खेलकुद २०७९ आश्विन २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा हुनेछ ।
संघीयताको कार्यान्वयनसँगै खेलकुद क्षेत्रमा अन्य प्रदेशको तुलनामा बागमती प्रदेश अझ थप सक्रिय क्रियाशिल भई अब्बल देखिएको कुरालाई स्मरण गराउँदै बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल मण्डारीले ''बागमती प्रदेश च्याम्पियन्न हुनेमा विश्वत रहको बताए । उनि भन्छन् विगतका खेलकुदमा पनि बागमती प्रदेशले राम्रो नतिजा ल्याइरको छ । यो पटक पनि हाम्रो लक्ष्य भनेको च्याम्पियन बन्ने हो, हामी सोहि अनुरुप तयारीमा लगेका छौं, हामीले भदौ २० भित्र प्रदेश छनोट गरी सक्ने गरी तालिका तथा तयारी गरेका छौं उनले थपे ।''
बागमती प्रदेश खेलकुदलाई थप अब्बल बनाउन बागमती प्रदेश खेलकुद परिषद्मा भैरहेको गतिविधिहरू र आगामी योजनाहरू
१. नवौ राष्ट्रिय खेलकुद २०७९ अन्तर्गतको ३६ वटै खेल विधामा बागमती प्रदेशको सहभागिता रहनेछ ।
२. नवौं राष्ट्रिय खेलकुद २०७९ मा सहभागी हुने प्रदेशका खेलाडीहरूलाई ४५ दिने बन्द प्रशिक्षणमा राख्ने निर्णय गरेको छ । साथै सो को व्यवस्थापन प्रदेश सरकारले गर्ने तयारी पूरा भैसकेको छ ।
३. बागमती प्रदेशले भदौ २० गतेभित्र प्रदेश छनौट गरी सक्ने गरी छनौट तालिका तथा तयारी गरेको साथै राष्ट्रिय खेलकुद परिषद्को निर्णयानुसार भाद्र २५ गते सम्म खेलाडी विवरण पठाई सक्ने तयारी गरेको छ ।
४. बागमती प्रदेश अन्तर्गतका खेलाडीहरूको प्रदेश छनौट तथा नवौं राष्ट्रिय खेलकुद २०७९ मा सहभागिताका लागि अनुमानित रकम ९ करोड ४४ लाख ८ सय रुपैया खर्च हुने तथा सो को लागि प्रदेश सरकारका तर्फबाट ५ करोड विनियोजन भैसकेको तथा राष्ट्रिय खेलकुद परिषद्बाट ४९ लाख निकासा भएको र बाँकी रकम बागमती प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालयमा माग गर्ने निर्णय गरेको छ ।
५. नवौं राष्ट्रिय खेलकुद २०७९ मा बागमती प्रदेशका तर्फवाट फुल कोटामा ७०९ जना खेलाडीहरू सहभागी हुनेछन् ।
६. यस वर्षवाट वागमती प्रदेश सरकारले प्रदेश सरकारको प्राथमिकतामा परेका खेलहरूमा नवौ राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत स्वर्णपदक विजेता खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले मासिक ६ हजार भत्ता दिने निर्णय गरेको छ । सो कुराको सुनिश्चितता प्रदेश खेलकुद विकास नियमावली २०७६ दफा ९१३० मा उल्लेख गरिएको छ ।



