भदौ ११ काठमाडौं । आगामी २१ गतेदेखि कात्तिक ३ गतेसम्ममा काठमाडौंमा आयोजना हुने साफ महिला च्याम्पियनसिप २०२२ को लागि अन्तिम टोलीको घोषणा भएको छ ।
मुख्य प्रशिक्षक कुमार थापाले शनिबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । प्रतियोगिताको समूह बी मा रहेको नेपालले भुटान र श्रीलंकासँग खेल्नेछ । डिफेन्डिङ च्याम्पियन भारतले समूह ए मा माल्दिभ्स, बंगलादेश र पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपालले उद्घाटन खेलमा सेप्टेम्बर ६ मा भुटानसँग खेल्नेछ भने सेप्टेम्बर १२ मा श्रीलंकासँग खेल्नेछ। प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।
अन्तिम टोली: अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, हिरा कुमारी भुजेल, अमृता जैशी, गीता राणा, पुनम जर्घा मगर, निशा थोकर, समीक्षा घिमिरे, विमला विक, विमला चौधरी, मञ्जली कुमारी योञ्जन, प्रीति राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी, अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ



