शुक्रबार, श्रावण २९ गते २०८३
images
images

लिस्नु कप फुटबलको २०औँ संस्करण भदौ १८ गतेदेखि

एक्सप्रेस पाना
भाद्र ११, २०७९ शनिबार
  • 290
    SHARES
  • लिस्नु कप फुटबलको २०औँ संस्करण भदौ १८ गतेदेखि

    लिस्नु कप फुटबलको २०औँ संस्करण यही भदौ १८ गतेदेखि कोटिहवामा सुरु हुने भएको छ ।

    images

    कोरोना सङ्क्रमणका कारण दुई वर्षदेखि रोकिएको लिस्नु कपबारे कोटिहवा माध्यमिक विद्यालयको प्राङ्गणमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रतियोगितामा प्रथम हुने समूहलाई तीन लाख, दोस्रो हुनेलाई एक लाख ५० हजार र सेमी फाइनलमा पुगेका अन्य दुई समूहलाई २५ हजारका दरले पुरस्कार प्रदान गरिने खेल संयोजक नेमबहादुर गुरुङले जानकारी दिनुभयो ।

    प्रतियोगितामा रुपन्देही, नवलपरासी, पाल्पा, कपिलवस्तु र स्याङजाको वालिङ गरी १६ समूहको सहभागिता रहने आयोजकले जनाएका छन् । १५ लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितामा विभिन्न विधामा खेलाडीलाई नगद र मेडलसहित पुरस्कृत गरिने छ । स्थानीय श्रीमाया गुरुङले आफ्ना बुबा स्व डिमबहादुर गुरुङको स्मृतिमा प्रतियोगिताको मुख्य प्रायोजन गर्नुभएको छ । 

    images

  • सम्बन्धित विषय:

  • # फुटबल