शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रिमियर लिग : युनाईटेडको लगातार दोस्रो जित

एक्सप्रेस पाना
भाद्र ११, २०७९ शनिबार
  • 294
    SHARES
  • प्रिमियर लिग : युनाईटेडको लगातार दोस्रो जित

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटलमा जारी सिजन अन्तर्गत चौथो साताको खेलमा म्यान्चेस्टर युनाईटेड विजयी भएको छ । 

    images

    शनिबार भएको खेलमा पाहुना टोली युनाईटेडले घरेलु टोली  साउथह्याम्प्टनमाथि १-० गोलको कठिन जित निकालेको हो । 

    निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेल दोस्रो हाफमा भने युनाईटेडले गोल गर्न सफल भयो । उसका लागि खेलको ५५औं मिनेटमा ब्रुनो फनान्डेसले गोल गरि १-० गोलको अग्रता दिलाएका थिए । उनले डालाेट्को पासमा सानदार गोल गरेका हुन् । 

    images

    त्यस्तै दोस्रो हाफमा युनाईटेडले टोलीका भेट्रान्स फरवार्ड क्रिस्टियानो रोनाल्डो र क्यासेमेरोलाई मैदान उतारे पनि थप गोल भने हुन सकेन । 

    उक्त जित सँगै युनाईटेडले लगातार दोस्रो खेलमा जित निकालेको छ । सुरुवाती दुई खेलमा पराजित भएको युनाईटेडले यस जित सँगै ६ अंक बनाएको छ । 

  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग