एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चौथो साताको खेलमा लिभरपुलले फराकिलो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा लिभरपुलले बर्नमाउथमाथि ९-० गोलको सानदार जित निकालेको हो ।
घरेलु मैदान एनफिल्डमा गोलको वर्षा भएको खेलमा लिभरपुलको फराकिलो जितमा रोबर्टाे फिर्मिनो र लुइस डियाजले समान २/२ गोल गर्दा हार्भे इलिओट, ट्रेन्ट एलेक्सान्डर आर्नाेल्ड, भर्जिल भान डाइक फावियो कार्भाल्होले समान १/१ गोल गरे भने अर्को एक गोल उपहार पाएको थियो ।
पहिलो हाफमै ५-० गोलको अग्रता बनाएको लिभरपुुलले दोस्रो हालमा थप ४ गोल गर्न सफल भयो । उक्त जित सँगै लिभरपुलले जारी सिजन पहिलो जित निकालेको । पहिलो र दोस्रो खेल बराबरी खेलेको लिभरपुल तेस्रो खेलमा म्यान्चेस्टर युनाइटेड सँग पराजित भएको थियो । उसको जारी सिजन ४ खेलबाट ५ अंक रहेको छ ।



