एजेन्सी । नर्वेली युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको ह्याट्रिक मद्दतमा इंग्लिस प्रिमियर लिग अन्तर्गत चौथो साताको खेलमा म्यानचेस्टर सिटीले सानदार पूनरागमन जित निकालेको छ ।
शनिबार राति भएको खेलमा घरेलु टोली सिटीले पाहुना टोली क्रिस्टल प्यालेसमाथि ४-२ को जित निकालेको हो ।
घरेलु टोलीको जितमा हालान्डको ह्याट्रिक र एक गोल बर्नाडो सिल्भाको नाममा रह्यो । क्रिस्टल प्यालेसका जोआचिम एन्डरसनको गोल सान्त्वना बन्यो । प्यालेसले एक गोल उपहार पाएको थियो । पहिलो हाफमै २-० गोलले पछि परेको स्थितिलाई उल्ट्याएर सिटी खेलमा ४-२ गोलको पूनरागमन जित निकालेको हो ।
उक्त जितसँगै सिटी ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान १० अंक नै रहेपनि ब्राइटन दोस्रो स्थानमा छ । पराजित क्रिस्टल प्यालेस ४ खेलबाट ४ अंक जोडेर १३औं स्थानमा छ ।



