शुक्रबार, भाद्र २६ गते २०८३
images

अफगानिस्तान छाड्न थाले अमेरिकी सैनिक 

एक्सप्रेस पाना
भाद्र १३, २०७८ आइतबार
  • 414
    SHARES
  • अफगानिस्तान छाड्न थाले अमेरिकी सैनिक 

    काठमाडौं, १३ भदौ । पूर्वघोषित योजना अनुसार अमेरिकी सैनिक अफगानिस्तान छाड्न थालेका छन् ।

    images

    तोकिएको समयसी अगस्ट ३१ नजिकिँदै जाँदा अमेरिकी सेना स्वदेश फिर्ता हुन थालेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन कर्बीले जानकारी दिए ।

    काबुलस्थित विमानस्थलबाट आफ्ना सेना फर्किन थालिसकेको जानकारी दिएका उनले  हालसम्म के कति संख्यामा स्वदेश फर्किए भनेर बताएनन् । उनले निश्चित समयसीमा भित्र अफगानिस्तानबाट सबै सेना फिर्ता गराउने प्रयास भइरहेको बताए।

    images

    अमेरिकाले काबुलबाट  आफ्ना झण्डै एक लाख १२ हजार नागरिकको उद्धार गरेको छ । तालिबान समूहको कब्जापछि त्रासका कारण लाखौँ मानिसले अफगानिस्तान छोड्न चाहिरहेका हुन् ।  

    गत बिहीबार मात्र काबुलस्थित विमानस्थल नजिकै बम विस्फोट भएको थियो । त्यसको भोलिपल्ट अमेरिकाले ड्रोन आक्रमण गरेको थियो । अमेरिकी सेनाका मेजर जनरल विलियम टेलरले ड्रोन हमलामा आईएसआईएसका दुई आतंककारी मारिएको र एकजना घाइते भएको बताएका छन् ।न्युज कारखाना