एजेन्सी । इटालियन सिरी ए फुटबल अन्तर्गत तेस्रो साताको खेलमा युभेन्टस र रोमाले बराबरी खेलेका छन् । भने अर्को खेलमा एसी मिलान विजयी भएको छ ।
शनिबार राति भएको खेलमा दुबै टोलीले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । खेलको दोस्रो मिनेटमै सुरुवाती अग्रता बनाएको युभेन्टसले पहिलो हाफ भरि १-० गोलको अग्रता बनायो । उसका लागि दुसान भ्लाहोभिकले गोल गरेका थिए ।
तर उक्त अग्रता युभेन्टसले दोस्रो हाफमा भने टिकाउन सकेन । खेलको ७०औं मिनेटमा पाहुना टोली रोमाको लागि पाउलो डिबालाको पासमा अब्राहमले गोल गरि खेलमा १-१ गोलको बराबरी अबस्थामा फर्काए । त्यसपछि बाँकी समय थप गोल नहुँदा खेल बराबरीमा सकियो ।
उक्त बराबरी सँगै युभेन्टसले ३ खेलबाट ५ अंक बनाएर अंक तालिकाको सातौं स्थानमा रहेको छ । यता समान खेलबाट रोमाको ७ अंकसहित गोल अन्तरको आधारमा चौथौ स्थामान रहेको छ ।
यस्तै अर्को खेलमा एसी मिलानले बोलोग्नलाई २-० गोलले पारजित गरेको छ । मिलानको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीको जितमा राफेल लियो र ओलिभियर जिरौडले गोल गरे । उक्त जित सँगै मिलान शीर्ष स्थानमा उक्लिएको छ ।



