शुक्रबार, श्रावण २९ गते २०८३
images
images

एसिया कप : भारत र पाकिस्तान भिड्दै

एक्सप्रेस पाना
भाद्र १२, २०७९ आइतबार
  • 296
    SHARES
  • एसिया कप : भारत र पाकिस्तान भिड्दै

    भदौ १२ काठमाडौं । शनिबारबाट यूएईमा सुरु भएको एसिया कप क्रिकेट टि२० एसिया कप क्रिकेटमा आज (आइतबार) भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । दुबई इन्टरनेशनल क्रिकेट मैदानमा भारत र पाकिस्तानबीचको खेल राति ७ः४५ बजे खेल सुरु हुनेछ ।

    images

    आज हुने भारत र पाकिस्तानबीचको खेललाई फाइनल सरह मानिएको छ । यी दुवै टिम उपाधिका मुख्य दाबेदार हुन् । पछिल्लो पटक भारत र पाकिस्तानबीचको भेट २०२१ अक्टोबर २४ तारिखमा विश्वकप क्रिकेटमा भएको थियो । त्यो खेलमा भारत पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो ।

    रोहित शर्माको कप्तानीमा मैदानमा उत्रिँदा पाकिस्तान बाबर अजामको कप्तानीमा हुनेछ । भारतीय टिममा उपकप्तान केएल राहुल, विराट कोहली, रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, भुवनेश्वर कुमार, रिषभ पन्त, हार्दिक पान्ड्या जस्ता अनुभवी खेलाडी छन् ।

    images

    यता, पाकिस्तानमा कप्तान बाबर अजामसँगै, शादब खान, आशिफ अली, हैदर अली, फखर जमान, हरिस राउफ, हसन अली, मोहम्मद रिवाज लगायतका खेलाडी छन् ।

    यसअघि शनिबार भएको खेलमा श्रीलंकालाई अफगानिस्तानले ८ विकेटले पराजित गरेको छ । ६ टिम रहेको एसिया कपमा दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारतसँगै पाकिस्तान र हङकङ छन् । त्यस्तै, समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् । 

  • सम्बन्धित विषय:

  • # एसिया कप