भदौ १२ काठमाडौं । नेपाल र केन्याबीचको तेस्रो टि२० क्रिकेट खेल आज हुँदैछ ।
दिउँसो पौने ४ बजे नैरोबीको जिमखाना क्रिकेट मैदानमा सुरु हुने खेलमा नेपाल दोस्रो जित निकाल्ने योजनामा रहेको छ । ५ खेलको शृङ्खला १-१ को बराबरीमा रहेको छ । पहिलो खेल नेपालले ५ विकेटले जितेको थियो भने दोस्रो खेलमा १८ रनले पराजित भएको थियो ।
यस्तै नेपाल र केन्याबीच चौंथो टि२० भदौ १३ गते र पाँचौ तथा अन्तिम टि२० भदौ १४ गते हुनेछ । टि२० पछि नेपालले घरेलु टोलीसँग एकदिवसीय शृङ्खला खेल्नेछ ।



