एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साताको चौथो छुटा छुट्टै खेलमा चेल्सी र आर्सनल विजयी भएका छन् ।
शनिबार राति भएको खेलमा चेल्सीले लेष्टर सिटीलाई तथा आर्सनलले फुलह्यामलाई समान २-१ गोलले पराजित गरेका हुन् ।
घरेलु टोली चेल्सीको जितमा रहिम स्टर्लिंगले दुबैई गोल गरे भने पाहुना टोली सिटीको लागि हार्वे लुईस बार्नेसले एक सान्त्वना गेल गरे । पहिलो हाफमा १-० गोलको अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा थप १ गोल गर्दा एक गोल खाएको थियो । उक्त जित सँगै चेल्सी ४ खेलबाट ७ अंक जोड्दौ तालिकाको छैटौं स्थानमा रहेको छ । यता पराजित सिटी पुछारबाट दोस्रो स्थानमा रहेको छ । उसको जम्मा एक अंक रहेको छ ।
यता अर्को खेलमा घरेलु टोली आर्सनलको जितमा मार्टिन ओडेगार्ड र गेब्रियल डोस्ले समान १/१ गोल गरे भने फुलह्यामका अलेक्जेन्डर मइटिआरोभिस्ले गरेको गोल सानत्वना बने । खेलमा १-० गोलले पछि परेको आर्सनलले सानदार पुनरागमन गरि खेलमा रोमाञ्चक जित निकालेको हो । उक्त सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

यस जित सँगै आर्सनलले लगातार चौथो जित निकाल्दै शीर्ष स्थानमा रहेको छ । जारी सिजन सतप्रतिशत जित निकाल्ने आर्सनल एक्लो टोली हो । उसले ४ खेलबाट १२ अंक बनाएको छ । यता पारजित टोलीको भने समान खेलबाट ५ अंकसहित ११औं स्थानमा रहेको छ ।



