शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रिमियर लिगमा आज तीन खेल हुँदै

एक्सप्रेस पाना
भाद्र १२, २०७९ आइतबार
  • 298
    SHARES
  • प्रिमियर लिगमा आज तीन खेल हुँदै

    एजेन्सी । विश्वकै लोकप्रिय इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन २०२२/२३ को चौथो साताको खेलमा आज तीन खेल हुँदैछ । 

    images

    जसमा २ खेल साँझ ६:४५ बजेबाट हुनेछ भने एक खेल राति ९:४५ बजेबाट सुरु हुनेछ । 

    आज हुने खेलमा उल्भ्सले न्युकासलको सामना गर्नेछ । उक्त खेल उल्भ्सको घरेलु मैदान मोलिनेक्सम स्टेडियममा हुने खेलमा घरेलु टोली पहिलो जितको खेजिमा रहेको छ । यस अघिका तीन खेलमा २ हार र एक बराबरी खेलको उल्भ्स आजको खेल जित निकाल्दै जारी सिजन पहिलो ३ अंकको खोजिमा रहेको छ । यस्ता यता पाहुना टोली पनि हाजको खेलमा घरेलु टोलीमाथि दबाद दिँदै खेल आफ्नो पक्षमा पार्ने दाउमा रहेको छ ।  

    images

    Wolves vs Newcastle preview, team news, kick-off | Football News | Sky  Sports

    यस्तै सोहि समयमा हुने अर्को खेलमा एस्टान भिल्लाले वेस्ट ह्याम युनाईटेडको सामना गर्नेछ । भिल्लाको घरेलु मैदान भिलला पार्क बर्मिङ्घममा हुने खेलमा घरेलु टोली उक्त खेल जित्दै दोस्रो जित निकाल्ने दाउमा रहेको छ । जारी सिजन ३ खेलबाट ३ अंक बनाएको भिल्ला १५औं स्थानमा रहेको छ । यता पाहुना टोली पनि आजको खेलमा जित निकाल्दै जारी सिजन पहिलो अंक जोड्ने योजनामा रहेको छ । तीन खेलमा तीनै खेल पराजित भएको वेस्टह्याम पहिलो अंकको खोजिमा रहेको हो । 

    Aston Villa vs West Ham: Kick off time, prediction, TV, live stream, team  news, h2h results | Evening Standard

    यता आजै हुने अन्तिम खेलमा बलियो टोली टोटेनहमले नवप्रवेशी टोली नटिङ्घम फोरेस्टको सामना गर्नेछ । उक्त खेल राति ९:४५ बजेबाट सिटी ग्राउण्ड नटिङ्घम नटिङ्घमशायर नटिङ्घमको घरेलु मैदानमा हुनेछ । जारी सिजन ३ खेलमा २ जित र एक बराबरी खेलेको टोटेनहम आजको खेलमा जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिने योजनमा रहेको छ । यता घरेलु टोली पनि आजको खेलमा जित निकालदै दोस्रो जितका साथ अंक तालिकामा सुधार गर्ने दाउमा रहेको छ । 

  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग