भदौ १२ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटका कप्तान सन्दीप लामिछाने बिग बास लिग बिबिएलको ड्राफ्टमा अनसोल्ड भएका छन् ।
अस्ट्रेलियन लिगका लागि आइतबार भएको ड्राफ्टमा सन्दीपलाई कुनै टिमले किनेनन् । बिबिएलका ८ टिमले २४ विदेशी खेलाडी अनुबन्धित गरेका छन् ।
यस पटक बिबिएलको ड्राफ्टमा सन्दीपसँगै सुवास खकुरेल पनि परेका थिए । तर, दुवै विक्री हुन सकेनन् । सन्दीपले बिबिएलको पछिल्लो चार संस्करण खेलेका थिए । पहिलो दुई सिजन मेलबर्न स्टारबाट खेलेका सन्दीप त्यसपछि होबर्ट हुरिकेन्सबाट खेलेका थिए ।



