भदौ १२ काठमाडौं । घरेलु टोली केन्याविरुद्धको तेस्रो टि२० खेलमा नेपालले १५७ रनको विजयी लक्ष्य पाएको छ ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानम टस जितेर पहिले ब्याटिङ घरेलु टोलीले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १५६ रन बनाए पछि नेपालले १५७ रनको लक्ष्य पाएको हो ।
केन्याका लागि राकेप राजेन्द्र पटेलले सर्वाधिक ७७ रनमा नटआउट रहँदा इरफान अली ५५ रनको योगदान दिए । यस्तै कोलिन्स ओबुया १४ रन बनाउँदा सुखदीप सिंह ले ८ रन बनाए ।
यता नेपालका लागि सोमपाल कामी र मोहम्मद आदिल आलमले १/१ विकेट लिए ।



