शुक्रबार, श्रावण २९ गते २०८३
images
images

ज्ञानेन्द्रको सानदार ब्याटिङमा केन्यामाथि नेपालको दोस्रो जित

एक्सप्रेस पाना
भाद्र १२, २०७९ आइतबार
  • 376
    SHARES
  • ज्ञानेन्द्रको सानदार ब्याटिङमा केन्यामाथि नेपालको दोस्रो जित

    भदौ १२ काठमाडौं । घरेलु टोली केन्या विरुद्धको ५ खेलको टि२० सिरिज अन्तर्गत तेस्रो खेलमा ४ विकेटले विजयी हुँदै नेपालले २-१ को अग्रता बनाएको छ ।

    images

    आइतबार नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १५७ रनको प्रतिस्पर्धात्मक लक्ष्य नेपालले १९.३ ओभरमा ६ विकेटको क्षति लक्ष्य पूरा गर्यो ।

    नेपालका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिए । भने डेब्यु खेलाडी अर्जुन साउदले सानदार प्रदर्शन रह्यो उनले ३५ रन बनाए । यस्तै उपकप्तान रोहित कुमार पौडेलले २९ रनको इनिङ खेले भने, पवन सराफ २०,मोहम्मद आदिल आलम १६ रन बनाउँदा दिपेन्द्र सिंह एैरि ६ रनमा आउट आरिफ शेख ४ रनमा नटआउट रहे ।

    images

    त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको केन्याले २० ओभरमा २ विकेट गुमाउँदै १५६ रन बनाएको थियो । केन्याका लागि राकेप राजेन्द्र पटेलले सर्वाधिक ७७ रनमा नटआउट रहँदा इरफान अली ५५ रनको योगदान दिए । यस्तै कोलिन्स ओबुया १४ रन बनाउँदा सुखदीप सिंह ले ८ रन बनाए । 

    यता नेपालका लागि सोमपाल कामी र मोहम्मद आदिल आलमले १/१ विकेट लिए ।  उक्त जितसँगै नेपालले पाँच खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट