भदौ १२ काठमाडौं । शनिबारबाट सुरु भएको एसिया कप क्रिकेटमा पाकिस्तानले भारतलाई १४८ रनको लक्ष्य दिएको छ ।
दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर ५ बलमा अलआउट हुँदै १४७ रन बनापछि भारतले १४८ रनको लक्ष्य पाएको हो ।
पाकिस्तानका लागि मोहमद रिजवानले सर्वाधिक ४३ रन बनाए । इफ्तिखर अहमेदले २८ रन जोड्दा कप्तान बाबर आजम १० रनमा आउट भए । फखर जमान र शादब खान समान १० रन बनाएर आउट भए । शाहानवाज दाहानीले १६ रन जोडे भने हरिस राउफले अविजित १३ रन बनाए ।
यता भारतका लागि भुवनेश्वर कुमारले ४ विकेट लिए भने हार्दिक पाण्डयले ३ तथा अश्रदिप सिंहले २ र आभेस खानले १ विकेट लिए ।



