शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पाकिस्तानमाथि भारतको जित

एक्सप्रेस पाना
भाद्र १३, २०७९ सोमबार
  • 376
    SHARES
  • पाकिस्तानमाथि भारतको जित

    भदौ १२ काठमाडौं । युएईमा जारी एसिया कप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । साबिको विजेता भारतले आइतबार राति भएको रोमाञ्चक खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको हो । 

    images

    दुबईमा पाकिस्तानले दिएको १४८ रनको विजयी लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । भारतको जितमा रवीन्द्र जडेजा र विराट कोहलीले समान ३५/३५ रनको योगदान गरे । 

    यस्तै हार्दिक पाण्डयले अविजित ३३ रन बनाए । यता पाकिस्तानका लागि मोहमद नवाजले ३ तथा शाहानवाज दाहानीले २ विकेट लिए । 

    images

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर ५ बलमा अलआउट हुँदै १४७ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद रिजवानले सर्वाधिक ४३ रन बनाए । इफ्तिखर अहमेदले २८ रनको योगदान गरे । त्यस्तै कप्तान बाबर आजम, फखर जमान र शादब खान समान १० रन बनाए । 

    भारतका लागि भुवनेश्वर कुमारले ४ विकेट लिए । त्यस्तै हार्दिक पाण्डयले ३ विकेट लिँदा अश्रदिप सिंहले २ र आभेस खानले १ विकेट लिए । उक्त जितसँगै समूह ‘ए’ को भारतले पहिलो खेलमा २ अंक जोडेको छ । 

  • सम्बन्धित विषय:

  • # क्रिकेट
  • # एसिया कप