एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा सविको विजेता रियल मड्रिड र बार्सिलोनाले छुटा छुट्टै खेलमा सहज जित निकालेका छन् ।
आइतबार राति भएको खेलमा साबिक विजेता रियलले एस्पानियोलमाथि ३-१ गोल अन्तरले विजयी भएको हो । रियलका लागि कप्तान करिम बेन्जेमाले दुई तथा भिनिसियस जुनियरले एक गोल गरे ।
खेलको १३औं मिनेटमा नै भिनिसियस जुनियरले रियललाई अग्रता दिलाएका थिए । तर, खेलको ४३ औं मिनेटमा जोसेलुले एस्पानियोलका लागि बराबरी गोल फर्काए । खेल बराबरीतर्फ अघि बढिरहँदा बेन्जेमाले खेलको ८८ औं मिनेट र इन्जुरी समयमा गोल गर्दै रियललाई जीत दिलाए । इन्जुरी समयमा एस्पानियोल १० खेलाडीमा सीमित बनेको थियो ।
उक्त जितसँगै रिलले ३ खेलबाट ९ अंक बटुलेर लिगको अंक तालिकामा शीर्ष स्थानमा रहेको छ । यता पराजित एस्पानियोल लिगको १६औं स्थानमा सिमित छ ।

यस्तै आइतबार नै भएको अर्को खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई ४-० गोलले हरायो । उसका लागि रोबर्ट लेवान्डोस्की नायक बने । उनको दुई गोलको गरे । खेलको २४औं मिनेटमा लेवान्डोस्कीले बार्सालाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यमा पेड्रीले टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा लेवान्डोस्की र सर्जी रोबेर्टोले एक(एक गोल थप्दै टोलीलाई सहज जित दिलाए । उक्त जित सँगै ३ खेलबाट ७ अंक बटुल्दै बार्सा लिगको तेस्रो स्थानमा उक्लिएको छ ।



