शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रिमियर लिग : केन चम्कँदा टोटेनहमको सहज जित

एक्सप्रेस पाना
भाद्र १३, २०७९ सोमबार
  • 319
    SHARES
  • प्रिमियर लिग : केन चम्कँदा टोटेनहमको सहज जित

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चौथो साताको खेलमा टोटेनहम विजयी भएको छ । सोमबार राति भएको खेलमा बलियो टोली टोटेनहमले नवप्रवेशी टोली नटिङ्घम फोरेस्टमाथि २-० गोलको सहज जित निकालेको हो । 

    images

    पाहुना टोली टोटेनहमको जितमा कप्तान ह्यारी केनले दुबई गोल गरे । खेलको पाँचौं मिनेटमा कप्तान केनले गोल गरि पहिलो हाफभरि १-० गोलको अग्रता दिलाए । यस्तै खेलको ५६औं मिनेटमा टोटेनहमले पेनाल्टीको मौका पाएको थियो । जसमा कप्तान केन चुकेका थिए । 

    त्यसपछि खेलको ८१औं मिनेटमा पुन केनले गोल गरि २-० गोलको जित दिलाए । उक्त जित सँगै टोटृेनहमले ४ खेलबाट १० अंक बनाउँदै तेस्रो स्थानमा उक्लिएको छ । यता पराजित टोली नटिङ्घम भने समान खेलबाट ४ अंकसहित १४औं स्थानमा रहेको छ । 

    images

    यस्तै गए राति भएकै अर्को खेलमा एस्टान भिल्लाले वेस्ट ह्याम युनाईटेडलाई एक शून्य गोलले पराजित गरेको थियो भने उल्भ्स र न्युकासलले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका थिए । 

  • सम्बन्धित विषय:

  • # इंग्लिस प्रिमियर लिग