शुक्रबार, श्रावण २९ गते २०८३
images
images

न्युरोडको सुरज अर्केडमा निर्माण गरिएका अनधीकृत संरचना भत्काउन मेयर बालेन्द्रले लिएर गए डोजर

एक्सप्रेस पाना
भाद्र १३, २०७९ सोमबार
  • 300
    SHARES
  • न्युरोडको सुरज अर्केडमा निर्माण गरिएका अनधीकृत संरचना भत्काउन मेयर बालेन्द्रले लिएर गए डोजर

    भदौ १३ काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा रहेको सुरज अर्केडमा निर्माण गरिएका अनधीकृत संरचना भत्काउन लागेको छ । मेयर बालेन्द्र साह अनधीकृत संरचना  हटाउनका लागि आफैं डोजर लिएर मैदानमा खटिएका छन् ।

    images

    अर्केडमा हाल सुपरमार्केट सञ्चालन गरिएको छ । भवनको अण्डरग्राउण्ड बेसमेन्टमा बनाइएका संरचना भत्काउन डोजर लिएर नगर र ट्राफिक प्रहरीको टोली त्यहाँ पठाउन लागिएको महानगरले जनाएको छ ।

    काठमाडौं महानगरमा नक्सा पासविना बनाइएका संरचना तथा अण्डरग्राउण्ड पार्किङ खाली गराउन महानगरले अभियान चलाइरहेको छ । अहिले त्यहाँ अगाडि पार्किङमा राखिएका मोटरसाइकलहरू हटाउन थालिएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # बालेन