शुक्रबार, भाद्र २६ गते २०८३
images

बेलायतमा नेपाली मेला आज 

एक्सप्रेस पाना
भाद्र १३, २०७८ आइतबार
  • 292
    SHARES
  • बेलायतमा नेपाली मेला आज 

    भदौ १३ एजेन्सी । तमुधिं यूकेको आयोजना र नेपाली दूतावास लन्डनको सहकार्यमा आज (आइतबार) लण्डनमा नेपाली मेलाको आयोजना हुदैंछ। मेलामा विशेषगरी बेलायतस्थित नेपाली संघसस्थाहरूले नेपाली झाँकीहरू प्रस्तुत गर्ने छन् ।

    images

    करिब तीन हजार भन्दा बढी दर्शकको सहभागिता रहने अपेक्षा गरिएको उक्त मेलामा नेपाली मौलिक भेषभूषादेखि ग्रामीण परिवेशमा प्रयोग गरिने हलो, जुवा, ढिकी, जाँतोलगायतका सामग्री पनि प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

    मेलमा करिब दुई दर्जन नेपाली कला संस्कृति, परम्परा, रहनसहन, भेषभूषा झल्कने विभिन्न झाँकी र नृत्य प्रस्तुत गर्ने तयारी गरेका छन् । लन्डनस्थित केम्प्टनपार्क रेस कोर्समा हुने मेलामा प्रस्तुत झाँकीमध्ये उत्कृष्ठ विजेतालाई एम्बासडर कपसहित आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। नेपाली मेला तमुधिं यूकेले सन २००९ देखि हरेक वर्ष हुँदै आएको छ।

    images