भदौ १३ काठमाडौं । घरेलु टोली केन्याविरुद्धको चौंथो टि२० खेलमा पाहुना टोली नेपालले पहिला बलिङ गर्ने भएको छ ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले सुरुवातमा बलिङ गर्ने भएको हो ।
घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल एक खेल अगाबै सिरिज कब्जा गर्ने योजनामा हुनेछ । यस खेल जितेमा नेपालले सिरिज एक खेल अगाबै आफ्नो बनाउनेछ । पाँच खेलको टि२०सिरिजमा नेपाल २-१ ले अघि रहेको छ । आइतबार भएको तेस्रो खेलमा ४ विकेटको जित निकाल्दै नेपालले सिरिजमा अग्रता लिएको हो ।
त्यसअघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो ।
नेपालको सुरुवाती ११ :
पवन शराफ, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, रोहित कुमार पौडेल, सोमपाल कामी, सन्दीप लामिछाने, दिपेन्द्र सिंह एैरी, करण केसी, साहब आलम, आरिफ शेख, मोहम्मद आदिल आलम



