शुक्रबार, श्रावण २९ गते २०८३
images
images

केन्याले दियो नेपाललाई १०२ रनको समान्य लक्ष्य

एक्सप्रेस पाना
भाद्र १३, २०७९ सोमबार
  • 264
    SHARES
  • केन्याले दियो नेपाललाई १०२ रनको समान्य लक्ष्य

    भदौ १३ काठमाडौं । घरेलु टोली केन्या विरुद्धको ५ खेलको टि२० सिरिज अन्तर्गत चौथो खेलमा नेपालले १०२ रनको विजयी लक्ष्य पाएको छ ।  

    images

    नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ थालेको केन्याले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रन बनाए पछि नेपालले १०२ रनको लक्ष्य पाएको हो ।

    नेपालका लागि कप्तान सन्दीप लामिछाने सर्वाधिक ५ विकेट लिए भने मोहम्मद आदिल आलमले २ विकेट लिँदा साहब आलम र दिपेन्द्र सिंह एैरीले समान १/१ विकेट लिए । 

    images

    घरेलु टोलीविरुद्धको आजको खेलमा जित निकाल्दै नेपाल एक खेल अगाबै सिरिज कब्जा गर्ने योजनामा हुनेछ । पाँच खेलको टि२०सिरिजमा नेपाल २-१ ले अघि रहेको छ । आइतबार भएको तेस्रो खेलमा ४ विकेटको जित निकाल्दै नेपालले सिरिजमा अग्रता लिएको हो ।

    त्यसअघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो ।

  • सम्बन्धित विषय:

  • # क्रिकेट